पछिल्लो समयको चर्चित गित ‘गलबन्दी’मा राजेश हमालले गरे बबाल डान्स (भिडियो सहित)

काठमाडौँ , ३१ जेठ । महानायक राजेश हमाल यती बेला पोखरामा छन्  । उनी विशेष कामले गर्दा पोखरा पुगेका थिए । उनले पोखराको एक नयाँ रेस्टुरेन्टमा  गएर रिबन काटी ओपनिङ पनि गरेका छन् । त्यति मात्र नभई महानायक राजेश हमालले पछिल्लो समयको निकै चर्चामा रहेको गीत गलबन्दीमा डान्स पनि गरेका छन् । राजेश हमाल खासै नाच्न मन त पराउँदैनन् तर पनि दर्शक श्रोताको निकै मनोरञ्जनका साथ हँसिलो अनुहारमा प्रस्तुत हुन्छन् ।

वास्तवमा राजेश हमाल नाच्न नजान्ने अभिनेताको सुचीमा पर्छन् । उनी आफ्नो तरिकाले नाच्न सक्छन् तर कसैले सिकाएको नाच्न भने उनर्ला मुश्किल पर्छ । सबैले हात तानेर लगेपछि राजेशले गलबन्दी गीतमा नाचेका हुन् । राजेश नाच्दाँ त्यहाँको माहोल नै निकै रमाइलो बनेको थियो । सबैले राजेशको लागि निकै हुटिङ पनि गरिरहेका थिए । राजेश पनि सबैले आफूलाई साथ दिएको देखेर खुसी भएका थिए । पोखरा गएको बेला राजेशले करिब ८ बर्षपछि करिश्मा मानन्धरलाई पनि भेटे । भिडियो हेर्नुहोस्

उस्तै समाचार

Leave a Comment