धादिङको आँखु नदीले बगाउँदा एचए अध्ययनरत विद्यार्थी बिपना भुसाल बेपत्ता

दाङ, ३० जेठ २०७६ ।  धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिका १० को सिमानामा पर्ने टारी बेसी स्थित आंखु नदीको तीरमा लुगा धोइरहेको बेला बुधवार दाङ देउखुरी राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक निवासी लेखनाथ भुसालकी १९ वर्षीया छोरी बिपना भुसाललाई आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । काठमाडौँ स्थित विनायक कलेजमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी प्राक्टिकलका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् । सल्यानटारमा पानीको निकै दुःख भएको कारण उनी लुगा धुन नदीमा आएकी थिइन ।

बेपत्ता विपना भुसाल

आँखुखोला हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । जानकारी नदिई ड्याम खोल्दा मानिस तथा पशु चौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए । पाँच सय बढी कामदार लगाएर गणेश स्थान र खहरे नजिकै स्थानीयवासी ले वारिपारि गर्न बनाएको काठे पुल पनि आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासी लाई समस्या पर्ने उनले बताए । बेपत्ता युवतीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताएका छन् ।

उस्तै समाचार

Leave a Comment