बुटवलमा पनि खुल्यो सित्तैमा कपडा पाइने ठाउँ ‘कपडा बैक’

बुटवल । बुटवलमा सामाजिक अभियान्ता युवाहरूको अगुवाइमा कपडा बैक स्थापना भएको छ । आफूले लगाएका पुराना तथा पुनः प्रयोग गर्न मिल्ने खालका कपडा व्यवस्थापनको लागि बुटवलमा “गोर्खाली युवा सशक्तीकरण संस्था”ले कपडा बैङ्क स्थापना गरेका हो। ‘तपाइको पुराना र नचाहिने कपडाले कसैको शरीरमा न्यानो स्पर्श गराउँछ’ भन्ने नाराका साथ गत बिहीबार बुटवल बस पार्क अगाडी कपडा बैक खुलेको हो । नयाँ कपडा किन्न नसक्ने विपन्न वर्गका लागि सबैभन्दा फाइदा पुग्ने संस्थाले विश्वास लिएको छ ।

यस संस्थाले विभिन्न सुरूवाती देखी नै सामाजिक कार्यमा अग्रसर भएको र आउने दिनमा पनि हरेक सामाजिक क्षेत्रहरूमा अग्रसर रहने संस्थाका अध्यक्ष भरत पुरीले ले बताए  । हप्तामा २ घण्टा राष्ट्रको लागी भन्दै बुटवल तिनाउ सरसफाइमा लागेको पनि उहाँले जानकारी दिनु भयो ।आफूले आफैलाई सामाजिक कार्यमा सुम्पिएर अन्याय अत्याचार विरुद्ध पनि आवाज बुलन्द पार्ने समेत प्रतिबद्धता गर्नु भयो । कार्यक्रममा गोर्खाली युवा सशक्तीकरण संस्थाका अध्यक्ष भरत पुरी, प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष विष्णु बहादुर थापा, तिनाउ सरसफाइ अभियानका संयोजक ठाकुर गैरे, सामाजिक अभियन्ता मुक्ति पौडेल, युवा सामाजिक र सफल व्यवसाय अशोक गौतम, बुटवल जेसिसका अध्यक्ष नरदेव न्यौपानेको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालक केशव खनाल गरेका थिए भने स्वागत मन्तव्य भरत जङ्ग छेत्री राखेका थिए । कार्यक्रममा संस्थापक सदस्य सन्तोष गुरुङ, राज गुरुङ, सुनिल गुरुङ, सुनिल कार्की लगायतको उपस्थिति रहेको थियो ।

उस्तै समाचार

Leave a Comment