आमा र पति सँगै चुरोट तानेको तस्बिर भाइरल भएपछि प्रियंका बनिन् ट्रोलको सिकार । यस्तो छ कारण…

काठमाडौँ । बलिउड निकै चर्चित नायिका हुन् प्रियंका चोपडा । भारतीय सिने क्षेत्रमा देशी गर्लको रूपमा चिनिन्छिन् । प्रियंका जुलाई १८ तारिख बाट ३७ वर्षमा प्रवेश गरेकी छिन् । आफ्नो जन्मदिनमा प्रियंकाले मायामीको समुन्द्री किनारमा आफ्ना पति निक जोन्स, आमा मधु चोपडा सहित अन्य व्यक्तिहरू सँग धूमधामका साथ जन्मदिन मनाइन् । सही क्रममा उनले पति निक र आमा मधु सहित चुरोट तानिन् । उक्त तस्बिर अहिले सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको छ । यती बेला प्रियंकाको ट्रोल बनेको छ ।

बलिउड नायिका प्रियंका चोपडा जुलाई १८ मा ३७ वर्षमा प्रवेश गरिन्। मायामीको समुन्द्री किनारमा उनले आफ्ना पति निक जोनस, आमा मधु चोपडासहित अन्य व्यक्तिहरुसँग जन्मदिन मनाइन्। सो क्रममा पति निक, आमा मधुसहित उनले चुरोट तानिन्। उक्त फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि प्रियंकाको यतिबेला ट्रोल बनेको छ।भारतमा प्रियंकाको ट्रोलसँगै आलोचना सुरु भएको छ। उनीमात्र ट्रोलको शिकार बन्नुको एक कारण छ। गतवर्ष प्रियंकाले एक भिडियो सार्वजनिक गर्दै दिवाली पर्वमा पटेका पड्काएर वातावरण फोहोर नगर्न आग्रह गरेकी थिइन्। उनले आफूलाई आस्थ्माको बिमार भएकाले धुवाँले आफूलाई असर गर्ने बताएकी थिइन्। दिवालीमा बत्ती बाल्नुपर्ने उनले तर्क गरेकी थिइन्।यसैगरी प्रियंकाले सन् २०१० मा चुरोट तान्नु गलत हो भनेर समेत बताएकी थिइन्। यतिबेला मानिसहरु त्यही विषयलाई उचालेर प्रियंकाको ट्रोल बनाइरहेका हुन्। मानिसहरुले प्रियंकालाई आस्थ्मा भएको भए उनले किन चुरोट तानेको भनेर आलोचना गरेका छन्। केहीले प्रियंकाले गतवर्ष आफ्नो ढोंगीपन देखाउनमात्र भिडियो पोस्ट गरेको प्रस्ट भएको बताइरहेका छन्।

उस्तै समाचार

Leave a Comment