यी हुन बलिउड अभिनेत्री शिल्पाका पति जसले नेपाल बाट व्यवसाय सुरु गरेका थिए । अहिले भए अरबपति

काठमाडौँ साउन ५ । बलिउडकी चर्चित अभिनेत्री  ‘शिल्पा शेट्टी’का पति ‘राज कुन्द्रा’ देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर कुन्द्रा लाई भारतमा धेरैले बिजनेश म्यान भन्दा पनि  शिल्वा शेट्टीको पतिका रूपमा चिन्ने गर्दछन् । उनको विजनेश विश्वभर फैलिएको छ । राज कुन्द्राले नेपालमा सल बेचेर आफ्नो व्यवसाय सुरु भएका थिए । कुन्द्रा आज एक सफल बिजनेशम्यान को रूपमा परिचित रहेका छन् । इन्टरनेटमा पाएका जानकारी अनुसार हाल उनी सँग २४०० करोड बराबरको सम्पत्ति रहेको छ ।

एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु सानो छँदा ठीक उल्टो जिन्दगी बाँचिरहेको थियो।’ आज उनीसँग महँगा कारहरु रहेका छन् । जुन सानो छदाँ धेरैको सपना हुने गथ्र्यो । १८ वर्षको उमेरमा उनले आफ्नो बिजनेश सुरु गरेका थिए । मिडल क्लास परिवारमा जन्मिएका उनीलाई माता पिताले निकै कठिन तरिकाले पालेका थिए । उनलाई पैसाको महत्व थाहा छ ।

जब उनी १८ वर्षको थिए तब उनको पिताले रेष्टुरेन्टमा काम गर्न वा कुनै काम गर्न भनेका थिए। आफ्नो जिन्दगीलाई कुन मोडमा लाने गम्भिरताका साथ सोचिरहेका थिए । उनले सानो लगानी गरेर शल बेच्ने काम सुरु गरे । जसका लागि उनी दुबइ गए । हिरा व्यापारीसँग उनको भेट भयो । तर, कुरा बनेन । राज त्यहाँबाट नेपाल गए । केही पश्निा शल किने र ब्रिटेनको ब्रान्डेड स्टोर मार्फत बेच्न थाले ।

जति छिटो उनको कारोबार बढीरहेको थियो उती नै छिटो प्रतिस्पर्धा पनि बढीरहेको थियो । यसपछाडि हिराको व्यापारका लागि उनी पुन दुवइ गए ।त्यसपश्चात उनलाई पछाडि फर्केर हेर्ने अवस्था कहिल्यै आएन । आज उनी १० कम्पनीका मालिक हुन सफल भएका छन् । सन् २००४ मा आएको ब्रिटिश म्यागजिन धनी व्यक्तिहरुको सुचीमा राज १९८ औ स्थानमा रहेका थिए ।

यो पनीः विवाह गर्नको लागि भारतमा सुशील केटा नै पाइदैन : सोनाक्षी सिन्हा
मुम्बई । उमेरले ३० वर्ष पार गरेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बलिउड फिल्म क्षेत्रमा सुशील केटाको अभाव रहेको बताएकी छिन् । उनका अभिभावकको रोजाई सुशील केटा भएपनि बलिउडमा कोहीपनि नभेटिएका गुनासो उनले गरिन् । उनले एक कार्यक्रममा भनिन, ‘मेरो अभिभावकहरू मैले सुशील केटासँग प्रेम गरेको हेर्न चाहन्छन् । तर, बलिउडमा मैले कोही सुशील केटा भेटेको छैन् ।’ बलिउडमा झण्डै ९ वर्ष बिताइसकेकी उनको नाम कसैसँग जोडिएको छैन् ।

प्रेमको विषयलाई लिएर उनी विवादमा परेकी छैनन् । अभिनेता तथा राजनैतिज्ञ शत्रुधन सिन्हा र पुनम सिन्हाकी छोरी उनले कुनै समय बलिउड क्षेत्रका एक सेलिब्रेटीसँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी छन् । सो प्रेम सम्बन्धबारे कसैलाई पनि थाहा नभएको प्रतिक्रिया दिएकी छन् । केही समयअघि उनी सोहेल खानका साला बन्टी सजदेहसँग प्रेम सम्बन्धमा रहेको र उनीहरुको विवाहको चर्चा समेत चलेको थियो । उनले यो कुरा अस्वीकार गरेकी छन् । एजेन्सी

उस्तै समाचार

Leave a Comment