बलिउड सिनेका राजेश खन्नाको क्रेजः खन्नाको गाडीको धुलोले युवतीहरू सिउँदो रंगाउथे…

काठमाडौँ । बलिउडका सिनेमा क्षेत्रका एक सुपरस्टार हुन राजेश खन्ना । खन्ना एक कलाकार मात्र थिएनन् । उनी एक स्टार थिए जसको स्टाडम बाटै धेरै पागल बनेका थिए । राजेश खन्नाको एक झलक पाउन युवतीहरू तड्पिरहन्थे । उनको सुपरस्टारडम भने धेरै लामो समय सम्म टिक्न सकेनन् । तर उनलाई दर्शकहरूले छोटो समयमै एकदमै रुचाए । उनलाई लिएर जो पागलपन थियो,त्यस्तो सायद हिन्दी फिल्ममा कुनै पनि अभिनेताको भाग्यमा रहेको थिएन ।सेतो कार चुमेर रङ्गिन बनाउँथे देखि एक झलक पाउनका लागि तड्पीन्थे युवतीहरू, यस्तो छन् उनका किस्सा  ।

बिहीबार राजेश खन्नाको पुण्य तिथि हो । राजेश खन्ना माथि लेखिएको किताब ‘द अनटोल्ड स्टोरी अफ इन्डियाज फर्स्ट सुपरस्टार’ मा लेखक यासिर उस्मान लेख्छन्- “बङ्गालमा एक बुजुर्ग महिला थिइन् । उनलाई मेलै सोधे – ‘राजेश खन्ना के थिए तपाईँको लागि ?’ उनले भनिन्-‘तपाईँ बुझ्नुहुन्न । जब हामी उनको फिल्म हेर्थियौ तब हाम्रो र उनको बकैदा डेट भइरहेको हुन्थ्यो ।” राजेश खन्ना चलचित्र मात्र नभएर उनको स्टाइल, उनको रङ्गिन सर्ट लगाउने तरिकाले दर्शकलाई आकर्षित गरेको थियो । उनले परेलालाई हल्का झुकाएर गर्धन बाङ्गो पार्दै हेर्दा दर्शक भुतुक्कै हुन्थे ।

यी सबैले उनलाई अन्य स्टार्स भन्दा अलग बनाएको थियो । जब उनको सेतो कार कतै रोकिन्थ्यो तब युवतीहरूको लिपस्टिकको रङ्गबाट उनको गाडीलाई चुम्बन गरेर गुलाबी बनाउँथे । यति मात्र हैन राजेश खन्नाको गाडीको धूलोले युवतीहरू आफ्नो सिउँदो सजाउँथे । उनीहरूले राजेशलाई आफ्नो श्रीमान् मान्थे। राजेश खन्ना जस्तो स्टारडम पाउने स्टार न बलिउडमा कहिले बने न कहिले बन्ने सम्भावना नै छ । राजेश खन्नाको बारेमा एक किस्सा पनि छ, उनि अहंकारी थिए र सेटमा सधै ढिलो जान्थे । राजेश खन्नाले कहिले कुनै चीजको लागि आफ्नो लाइफ-स्टाइल बदलेनन् ।

उनि सेटमा तब आउथे जब उनको मन गर्दथ्यो । यसका बावजूद पनि चलचित्रका निर्माता र निर्देशक आफ्नो चलचित्रमा खेलाउन लाइन लग्दथे। राजेश खन्नालाई राष्ट्रीय पहिचान फिल्म ‘आराधना’ बाट मिलेको हो । राजेश खन्नाको ६९ देखि ७५ सम्मको जुन समय थियो त्यसको तुलना कसैसँग गर्न सकिन्न । राजेश खन्नाको लोकप्रियता जहांसम्म थियो त्यहाँ सम्म कुनै अभिनेताको पुगेनन् र सायद पुग्ने छैन । यसको कारण थियो मानिसहरु उनिमा आफेलाई देख्थे र उनको मुस्कान युवतीहरुलाई निकै आकर्षित गर्दथ्यो ।

राजेश खन्नाले आफ्नो बलिउड करियरमा १८० भन्दा ज्यादा फिल्महरुमा अभिनय गरे । उनको १९६६ मा रिलिज भएको फिल्मबाट बलिउडमा पाइला राखेका थिए । यसपछि उनको सुपरस्टार बनने यात्रा सुरु भयो । भनिन्छ संसारमा हरेक राम्रो मानिसको क्रम सधै त्यस्तै रहदैन यति चर्चामा रहेका राजेशको पनि त्यस्तै भयो । उनि सफलताको शिखरलाई राम्ररी सम्हाल्न सकेनन् र गुमनाम भएर जीवको अरु समय बिताए ।

सन् २०१२ जूलाइ १८ मा उनले संसारबाट बिदा लिए । उनको अंतिम यात्रामा पनि मानिसहरुमा त्यहि उन्माद देखिएका थिए जुन १९७० मा उनले स्टारडम हासिल गरेपछिको थियो । अभिनेताको अन्तिम यात्रामा उनिसँग बेग्लै रहेकी पत्नी डिम्पल कपाडिया, उनकी कान्छी छोरी रिकी र ज्वाइ अक्षय कुमार उनिसँगै रहेका थिए । हाम्रा कुरा बाट

उस्तै समाचार

Leave a Comment