यी चर्चित नेपाली सेलिव्रेटीको बुढौली रूप हेर्नुहोस् । तस्बिर सहित

काठमाण्डौ २, साउन । पछिल्लो समय सामाजिक संजालहरूमा एक एप भाइरल भइरहेको छ । भाइरल भएको ‘फेस एप’ले तन्नेरी अवस्थाका मानिसलाइ उसको भविष्यको अनुहार, हाउँभाउ, लुक्सको हेर्न सक्ने अधिकारी दिएको छ । धेरै नेपाली युवायुवती देखी सेलिब्रेटिहरूले ‘म भविष्यमा कस्तो देखिन्छु’ भन्दै धमाधम तस्विरहरू सेयर गरेका छन् । केही सेलिब्रेटीहरूले बुढेसकालमा यस्तो देखिने भन्दै फोटो सामाजिक संजालमा पोष्ट गरेका छन् भने कोही कलाकारहरूको उनका फ्यानहरूले ‘फेस एप’को प्रयोग गरी तस्विर सार्वजनिक गरिदिएका छन् ।

निर्माता तथा कलाकार दिपकराज गिरीले बुढो रुप सार्वजनिक गर्दै स्टाटस लेखेका छन्, ‘बिहान बिहान कुन चाहिले काम पाएन छ । यस्तो बनाएर मलाइ नै पठाएछ, बनाउन त बनायो ठिकै छ । तर, मेरो हजूर बौ भन्दा नि बूढो बनाएछ ।’ दिपकराजले फोटो सार्वजनिक गरेपछि निर्देशक तथा कलाकार दिपाश्री निरौलाले मेरो बुढो साथी भनेकी छन् । उनको यहिँ कमेन्टमा दिपाको पनि बुढेसकालको रुप सार्वजनिक भएको छ । कलाकार केदार घिमिरेले साँच्चिकै बुढो, माग्ने बुढो भन्दै फोटो सार्वजनिक गरेका छन् । बुढेसकालको रुपमा रमाउने कलाकारको भिडमा नायक प्रदिप खड्का पनि देखिए । उनले बुढेसकालमा यस्तो देखिने रहेछ भन्दै फोटो सार्वजनिक गरेका छन् ।

उस्तै समाचार

Leave a Comment