शिल्पा रूदाँ केकीले लेखिन् मन छुने स्टाटस् हेर्नुहोस्

काठमाडौँ  २९ असार २०७६,। अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा को खबरले सामाजिक सञ्जाल तात्यो । दुवै जना बिच भएको घटना बाहिर आउँदा दर्शकहरू आश्चर्य भए । दुवै बिचको सम्बन्ध चिसिएको खबर पनि बेला बेलामा मिडियामा आइरहेको हुन्थ्यो । तर केही दिन पहिले शिल्पाले छवि विरुद्ध प्रहरीमा उजुरी दिएपछी यो कुराले सार्थकता पाएको हो । उजुरी पछि छविराज र शिल्पा दुवैको मिलान सहमति भयो तर पनि अभिनेत्री शिल्पा पोखरेलको मन जलिरहेको छ ।

शिल्पाले अहिले मात्र नभएर ३ बर्षदेखि आफूले छविको कुटाई खादैँ आएको बताएकी थिइन् । साथै उनले छविले आफूभन्दा निकै अत्याचार गरेको पनि खुलाएकी थिइन् । यसैबीच उनले प्रहरी चौकीमा मैले जे भने, जे भोगे मलाई मात्र थाहा छ भनेकी थिइन् । त्यसै कुरालाई समेटेर नायिका केकी अधिकारीले आफ्नो आधिकारीक फेसबुक मार्फत यो कुराको जवाफ दिएकी छिन् ।

उनले आफ्नो स्टाटसमा उनी रुनुको सम्पूर्ण कारण खुलाएकी छिन् । उनले स्टाटसमा शिल्पाको नाम खुलाएकी छैनन् तर उनले उक्त स्टाटस शिल्पाको लागि नै हालेको भने अनुमान लगाउन सकिन्छ । कारण उनले कानको जाली फुटेको कुरा पनि आफ्नो स्टाटसमा जोडेकी छिन् । केकीले उक्त स्टाटस आफूले सम्पूर्ण घरेलु हिंसा सहेर बसेका महिलाको लागि लेखेको बताएकी छिन् ।

यस्तो छ केकिको स्टाटस्ः “ऊनी रोइन्। मैले जे भोगेकी छु। जे सहेकी छु। मलाई मात्र थाहा छ। यति भन्दै उनी रोईन्। उनी किन रोईन्? उनी रोईन् किनकि वहाँलाई उनीले अरुसँग बोलेकै मनपर्दैन रे। उनी रोईन् किनकि आज एकैछिन् अरुसँग बोलेको वहाँले देखि त हाल्नुभो। उनी रोइन् किनकि वहाँ साथ दिने साथी होईन, कमजोरी केलाउने काजी होइबक्सदोरहेछ , दण्ड दिने हुकुम होइबक्सदोरहेछ। उनी रोइन् किनकि बिदेशी विश्वविद्यालयमा पढेर आएका वहाँका साथीहरु बीच उनको बौध्दिक स्तर नपुग्दो रहेछ। उनको नपुगेको बौध्दिक स्तर माथि वहाँले बारम्बार व्यंग्य गर्नुहुँदो रहेछ। उनी रोइन् किनकि उनी मोफसलमा जन्मिएकि हुन्। शहरको ढंग उनले जानिन छिन्। समयमै सिक्न सकिनछिन्। सिक्दा सिक्दै त्रुटिहरु गरिछिन्। उनी रोईन् किनकि तरकारीमा आज नून कम भएछ। उनी रोईन् किनकि उनीसँग भान्सा कोठा छ। मुख धुन पानी छ। आँसु पुछ्न टालो छ।

उनी रोइन् किनकि आफ्नो देवर, आफ्नो नन्द, आफ्नो आमाजुहरुसँग उनको बोली गुलियो भएन छ। सासुससुरालाई ढोग्न बिर्सिएछिन्। उनी रोइन् किनकि उनी दाईजो कम ल्याउने बुहारी परिछिन्। उनी रोइन् किनकि उनी असल आमा हुनसक्छिन् । भइनन् । उनी रोइन् किनकि उनी असल ठूली आमा हुन्। सानीमा हुन्। आमा होईनन्। बाँझी हुन्। उनी रोइन् किनकि अलग्गै भविष्य उनको पनि हुनसक्थ्यो। उनी रोइन् किनकि उनीसँग पनि शैक्षिक योग्यताका प्रमाणपत्रहरु छन्। गाउन सक्ने गला छ। नाच्न सक्ने कम्मर छ। उनी रोइन् किनकि पलंगमा एउटा छेउ छ। सुँक्क आवाजलाई दबाउन सक्ने सिरानी छ। आफ्नै श्रीमानबाट बलात्कृत भएको अनुभव छ।

उनी रोइन् आफ्नो प्रेमलाई सम्झिएर। उनी जस्तै कसैको सौभाग्य सम्झिएर। आफ्नो दूर्भाग्य सम्झिएर। गरिब आमाबुवाको सामाजिक प्रतिष्ठा सम्झिएर। उनी रोइन् किनकि आज उनको नानीलाई सानो चोट लाग्यो। त्यहि चोटको बहानामा उनलाई ठूलो चोट लाग्यो। उनी रोइन् किनकि उनलाई थप्पड थाहा छ। लात थाहा छ। मुक्का थाहा छ। काट्दा नदुख्ने, लुछ्दा दुख्ने कपाल थाहा छ। उनी रोइन् किनकि उनी भीडमा पनि एक्लै छिन्। उनी रोइन् किनकि उनीसँग सडकमा मागेर खानुपर्ने दिन आउला भन्ने धम्कीले जरा गाडेको मन पनि त छ।

उनी रोइन् किनकि सहनशिलताको बाँध भत्किएको छैन। आँसु अझै बाँकी छ। उनी रोइन् किनकि उनले आज न्याय माग्ने हिम्मत गरिन्। उनी रोइन् किनकि न्याय माग्दा, व्यथा बुझ्ने न्यायमूर्ति पाईनन्। उनी रोइन् किनकि थप्पड हान्नु नै अपराध हो तिमीले न्याय पाँउछौ भनेको सुनिनन्। ऊनी रोइन् किनकि उनलाई उल्टै सोधियो के त्यो थप्पडले कानको जाली फुटेकै हो त? उनी रोइन् किनकि उनीले जे भोगेकि छिन्। जे सहेकी छिन्। उनीलाई मात्र थाहा छ।

(तपाँई हामी बीच भएका सबै ‘उनी’ हरुलाई घरेलू हिंसा बिरुध्द बोल्ने साहस मिलोस्। साहसी सबैलाई न्याय मिलोस्।) केकी अधिकारी
१३.०७.२०१९”

https://m.facebook.com/story.php?story_fbid=10157515948822728&id=807252727&__tn__=-R

उस्तै समाचार

Leave a Comment