चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा पूजा र पलको जोडी (तस्बिर सहित)

बुलबुल । चलचित्र ‘म यस्तो गीत गाउँछु’को द्रोश्रो भाग ‘म यस्तो गीत गाउँछु २’ बन्ने पक्का भएको छ । यस अघिको चलचित्र ‘म यस्तो गीत गाउँछु’ लाई सुदर्शन थापाले निर्देशन गरेका थिए, भने चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको थियो । पूर्ण म्युजिकल लभ स्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’लाई सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेका हुन् । फेरी यही जोडिलाई पर्दामा ल्याउँदै निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’ निर्माण गर्ने भएका हुन् ।

‘म यस्तो गीत गाउँछु’ रिलिज पश्चात निर्माण टिम र पल शाहको सम्बन्ध चिसिएको चर्चा सिनेनगरीमा रहेको थियो। दुवै तर्फ बाट कटाक्ष प्रहार हुन्थ्यो। तर अन्ततः ‘म यस्तो गीत गाउँछु २’ निर्माण हुने भएको छ र यसमा पल र पूजाको जोडी दोहोरिदैछ। चलचित्रको शुभ मुहुर्त गर्न हेलिकप्टर चढेर मनकामना मन्दिर पुगेका थिए म यस्तो गीत गाउँछु २ युनिट ।

उस्तै समाचार

Leave a Comment